राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १८:४०
राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा १० औँ राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा मोफसलका ३ सहित ८ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । मोफसलबाट सहभागी हुने टिममा अन्नपूर्ण बास्केटबल एसोसिएसन, कास्की, सुनसरी बास्केटबल एसोसिएसन र लुम्बिनी प्रदेश रहेका छन् ।

बाँकीमा आइएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, ट्रेनिङ ग्राउन्ड, बुढानीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन् । मोफसलका टोलीलाई सहयोग स्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराइने प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए ।

विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ । मोफसलका एक उदीयमान खेलाडीलाई ५ हजार नगदसहित पुरस्कृत गरिने छ ।

यसै प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनोट गरी साबा महिला च्याम्पियनसिपमा सहभागी गराइने संघले जनाएको छ । साबा २०२६ को सेप्टेम्बर /अक्टोबरमा नेपाल वा भारतमा हुने सम्भावना रहेको अध्यक्ष गुरुङले बताए ।

‘साबाका आयोजनाका लागि हामीसँगै भारतले पनि दाबेदारी पेश गरेको छ । ८० प्रतिशत नेपालमा हुने सम्भावना छ, अध्यक्ष गुरुङले भने ।

प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । असार ६ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगिताका खेलहरू कीर्तिपुर कभर्ड हलमा हुनेछ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×