अमेरिकाद्वारा अन्तिम १६ को यात्रा तय

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार ०६:०९

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’मा रहेको अमेरिका नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । सिएटलमा सम्पन्न खेलमा अष्ट्रेलियामाथि २–० को प्रभावशाली जित निकाल्दै अमेरिकाले लगातार दोस्रो विजय दर्ता गरेको हो ।

पहिलो खेलमा पाराग्वेलाई पराजित गरेको अमेरिकाले अष्ट्रेलियाविरुद्ध पनि पूर्ण तीन अंक हात पार्दै दुई खेलबाट ६ अंक पुर्‍याएको छ । यससँगै अमेरिका समूह चरणको एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुग्न सफल भएको छ ।

खेलको सुरुआतमै अष्ट्रेलियाको रक्षापंक्तिको गल्ती अमेरिकाका लागि फाइदाजनक बन्यो । ११औँ मिनेटमा फोलारिन बालोगुनले डिबक्सभित्र पठाएको क्रस बल क्लियर गर्ने प्रयासमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आफ्नै पोस्टमा बल छिराएपछि अमेरिका १–० ले अगाडि बढेको थियो ।

पहिलो गोलपछि थप आत्मविश्वासका साथ खेलेको अमेरिकाले पहिलो हाफ सकिनुअघि अर्को सफलता हात पार्‍यो । ४३औँ मिनेटमा एलेक्स फ्रीम्यानले आकर्षक गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । फ्रीम्यानको गोलसँगै अमेरिका पहिलो हाफमै २–० को सहज अवस्थामा पुगेको थियो ।

दोस्रो हाफमा अष्ट्रेलियाले खेलमा फर्किने प्रयास गरे पनि अमेरिकी रक्षापंक्ति मजबुत देखियो । केही अवसर सिर्जना गरे पनि अष्ट्रेलियाली खेलाडीहरूले त्यसलाई गोलमा परिणत गर्न सकेनन् । फलस्वरूप खेलको अन्त्यसम्म स्कोर परिवर्तन हुन सकेन र अमेरिका २–० को जितसहित अघि बढ्यो ।

यस नतिजापछि अमेरिकाले समूह ‘डी’ मा ६ अंक जोडेर नकआउट चरणको टिकट सुरक्षित गरेको छ । लगातार दोस्रो हार बेहोरेका पाराग्वे र टर्किए अझै अंकविहीन छन् भने अष्ट्रेलियाको खातामा ३ अंक रहेको छ । समूह चरणको अन्तिम खेलअघि अमेरिकाले शीर्ष स्थान बलियो बनाएको छ भने अष्ट्रेलियाले पनि अर्को चरणको सम्भावना जीवित राखेको छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.