
काठमाडौं । रास्वपा र नेकपाबीच कयौं समानता रहेको नेकपा नेता वर्षमान पुन अनन्तले बताएका छन् । रास्वपाको प्रथम महाधिवेशन उद्घाटन शत्रलाई सम्बाेधन गर्दै उनले दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेका कारण धेरै समानता रहेकाे बताएका हुन् ।
‘तपाईंहरू र हाम्रा कयौं विषयमा समानता छन्,’ उनले भने,’ हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं ।’
पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डा दुवै दल नजिक रहेको उनको भनाइ थियो । ‘पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डामा हामी तपाईंहरूलाई नजिक पाउँछौं,’ उनले भने, ‘हामीबीच सुशासनको एजेन्डामा पनि समानता छ । सुशासनको एजेन्डामा नेकपा र रास्वपाको जति निकट सहकार्य अरुको भएको छैन ।’

























