
विराटनगर । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार तोलाको १ हजार ६ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ८७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार तोलाको २ लाख ८८ हजार ७ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय ४० रूपैयाँले घटेको छ । मूल्यमा गिरावट आएसँगै मंगलबार चाँदी तोलाको ४ हजार ५ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य सोमबार प्रतितोला ४ हजार ७ सय ३० रूपैयाँ थियो ।



















