झापा पुगेर थापाले भने : सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार १५:५८

झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् ।

मंगलबार झापामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सदस्यता अद्यावधिक नगर्नेलाई अब कांग्रेसले नचिन्ने बताएका हुन् ।

Advertisement

विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवा र शेखर काेइराला  पक्षधरले अध्यावधिक नगर्ने अडान लिइहरेका बेला थापाले सदस्यता नविकरण नगरे पार्टीले नचिन्ने बताएका हुन् ।

सदस्यता नविकरण नगर्नेसँग पार्टीबाट औपचारिक रुपमा सम्बन्ध विच्छेद हुने बताए ।

‘सबै साथीहरूलाई आग्रह छ, म सबै नेताहरूलाई सम्मान पनि गर्छु । सबै नेताहरूले अधिवेशनमा भाग लिनुपर्छ भन्ने पनि ठान्छु। तपाईँहरू मध्ये कसैले अद्यावधिक गर्नुभएको छैन भने मलाई क्षमा गर्नुहोला, थापाले अगाडि भने, ‘अद्यावधिक नभएको कोही पनि सदस्यलाई नेपाली कांग्रेस पार्टीले सम्मान गर्छ, माया गर्छ, तर पार्टी सदस्यको रूपमा चिन्दैन। चिन्दैन। अब सिस्टमले चिन्दैन।’

तपाइको प्रतिक्रिया
दमकमा दुर्घटना, भुटानी शरणार्थी वृद्धको मृत्यु
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
हाेल्डिङ सेन्टरका सुकुम्बासीलाई बस्ती छाड्न अल्टिमेटम
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
‘मतभेद सडकमा होइन, छलफलमै टुंग्याउनुपर्छ’
महाधिवेशन लम्बिँदा रास्वपाको नयाँ निर्णय : प्रतिनिधिबाट शुल्क नलिइने, बुझाएकाले फिर्ता पाउने
रास्वपा महाधिवेशनको बन्दसत्र : बालेन नआउँदा चासो, रविले गराए प्रतिनिधिलाई सचेत
झापा पुगेर थापाले भने : सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन
सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका प्रतिनिधिकाे नाम काटियाे
विष्णु पाैडेललाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.