चेक रिपब्लिकलाई हराउँदै मेक्सिको समूह ‘ए’ को विजेता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १०:०५
चेक रिपब्लिकलाई हराउँदै मेक्सिको समूह ‘ए’ को विजेता

काठमाडौं । मेक्सिको फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा समूह  ‘ए’ को विजेता बनेको छ । बिहीबार मेक्सिको सिटी रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा चेक रिपब्लिकलाई ३–० गोल अन्तरले पराजित गर्दै मेक्सिकोले समूहको शीर्ष स्थान कब्जा गरेको हो ।

घरेलु मैदान र समर्थकको साथ पाएको मेक्सिकोले खेलको दोस्रो हाफमा आक्रामक प्रदर्शन गरेको थियो । मेक्सिकोका लागि माटेओ चाभेजले खेलको ५५ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको केही समय लगतै ६१ औँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै अग्रता दोब्बर बनाए ।

Advertisement

खेलको अन्तिम समयसम्म पनि मेक्सिकोले चेक रिपब्लिकलाई दबाबमा राखेको थियो । खेलको इन्जुरी समयमा अल्भारो फिडाल्गोले तेस्रो गोल गरेपछि मेक्सिकोले ३–० को सहज जित सुनिश्चित गर्‍यो। यो जितसँगै समूह  ‘ए’ मा रहेको मेक्सिकोले ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ९ अंक जोडेको छ।

अर्कोतर्फ, पराजित चेक रिपब्लिकका लागि यो विश्वकप बिर्सनलायक रह्यो । तीन खेलमा एक बराबरी र दुई हार बेहोर्दै चेक रिपब्लिक अंक तालिकाको पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको छ ।
समूह विजेता बनेसँगै मेक्सिको उच्च मनोबलका साथ नकआउट चरणमा प्रवेश गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.