रास्वपा महाधिवेशन शुक्रबारसम्म चल्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १९:१६

काठमाडाैं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन शुक्रबारसम्म चल्ने भएको छ ।

आइतबार, सोमबार र मंगलबारका लागि तय भएको महाधिवेशनमा शुक्रबारसम्म चल्ने भएको हाे ।

Advertisement

बुधबार भएको केन्द्रीय सदस्यहरूको नतिजा पछि पदाधिकारीहरुको निर्वाचन गर्ने तयारी केन्द्रीय निर्वाचन आयोगले गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी पदाधिकारीहरुका लागि बिहीबार मध्यरातसम्म मतदान हुनेछ भने त्यसपछि परिणाम घोषणा गरिनेछ ।

केन्द्रीय सदस्यका अनेकौँ उम्मेदवारहरू स्वयंले रास्वपा महाधिवेशनको अव्यवस्थामाथि प्रश्न उठाएका छन् ।

कतिपय उम्मेदवारहरूले आफूले नचाहेका उम्मेदवारहरूलाई जबर्जस्ती मत दिनुपरेको भन्दै सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् ।

बिहीबार राति उपसभापति, महामन्त्रीलगायतका पदमा निर्वाचन हुने भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.