ट्युनिसियामाथि सहज जित निकाल्दै नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार ०७:४२

अमेरिका । ट्युनिसियामाथि प्रभावशाली प्रदर्शन गर्दै नेदरल्याण्ड्स विश्वकप फुटबलको समूह ‘एफ’को विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ गोल अन्तरले पराजित गर्दै सात अंकका साथ शीर्ष स्थान सुरक्षित गरेको हो । खेलको सुरुवातदेखि नै नेदरल्याण्ड्सले आक्रामक खेल प्रस्तुत गरेको थियो ।

Advertisement

तेस्रो मिनेटमै ट्युनिसियाका एलिस स्किरीबाट भएको आत्मघाती गोलले नेदरल्याण्ड्सले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि अर्थात् सातौँ मिनेटमा ब्रायन ब्रोबेले गोल थप्दै टोलीलाई २–० को सहज अवस्थामा पुर्‍याए ।

नेदरल्याण्ड्सले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा स्वीडेनलाई ५–१ को फराकिलो अन्तरले हराएको थियो । ट्युनिसियाविरुद्धको जितसँगै टोलीले तीन अंक थप्दै कुल सात अंक बनायो र समूह विजेताको रूपमा नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो ।

यता, समूहको अर्को खेलमा जापान र स्वीडेनले १–१ को बराबरी खेले । जापानका लागि ५५औँ मिनेटमा डाइजेन माएडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, स्वीडेनका एन्थोनी एलेग्नाले ६१औँ मिनेटमा बराबरी गोल फर्काएपछि दुवै टोलीले एक–एक अंक बाँडे ।

जापानले यसअघि ट्युनिसियालाई ४–० ले पराजित गरेको थियो भने नेदरल्याण्ड्ससँग बराबरी खेलेको थियो । स्वीडेनले पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले हराए पनि दोस्रो खेलमा नेदरल्याण्ड्ससँग समान अन्तरले पराजित भएको थियो ।

समूह चरण समाप्त हुँदा नेदरल्याण्ड्स सात अंकसहित शीर्ष स्थानमा रह्यो भने जापान दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्यो । स्वीडेन तेस्रो स्थानमा सीमित रह्यो । लगातार तीनवटै खेलमा हार बेहोरेको ट्युनिसिया भने कुनै अंक जोड्न नसकी प्रतियोगिताबाट बाहिरिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ आएर उजाड बगर हराभरा बनाए, नगरद्वारा ‘पोखरेली’ भन्दै सहयोग अस्वीकार
विराटनगरमा प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच भेट
रास्वपाको महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पुनः स्थगित
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
पाराग्वेसँग गोलरहित बराबरी, अष्ट्रेलिया अन्तिम ३२ मा
हारका बाबजुद अमेरिकाले सम्हाल्यो समूह शीर्षता
होल्डिङ सेन्टरबाट तत्काल नहटाइने, सुकुम्वासीलाई थप सात दिनको समय
रास्वपामा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै
भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो, ४० हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन
लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.