जर्मनीमाथि इक्वेडरको रोमाञ्चक जित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार ०६:२६

अमेरिका । इक्वेडरले जर्मनीमाथि शानदार पुनरागमन जित निकाल्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

पछाडि परेको अवस्थाबाट खेलमा फर्किएको इक्वेडरले जर्मनीलाई २–१ ले पराजित गरेर रोमाञ्चक जित निकाल्दै अन्तिम ३२ ९राउन्ड अफ ३२० मा प्रवेश गरेको हो । खेलको सुरुआतमै जर्मनीले अग्रता बनाएको थियो ।

Advertisement

लेरोय सानेले गोल गर्दै जर्मनीलाई १–० को अवस्थामा पुर्‍याए । तर, जर्मनीको अग्रता धेरै बेर टिक्न सकेन । इक्वेडरका निल्सन एंगुलोले छिट्टै बराबरी गोल फर्काउँदै पहिलो हाफ १–१ को बराबरीमा टुंग्याए ।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गर्दै निर्णायक गोलको खोजी गरे । खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले आकर्षक गोल गर्दै इक्वेडरलाई २–१ को अग्रता दिलाए । त्यसपछि जर्मनीले बराबरी गोलका लागि लगातार दबाब बनाए पनि सफल हुन सकेन ।

प्लाटाको निर्णायक गोलकै आधारमा इक्वेडरले महत्त्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान पक्का गर्‍यो । समूह ‘ई’ मा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये एक बन्दै इक्वेडरले अन्तिम ३२ मा यात्रा तय गरेको हो ।

सुरुआतमा पछि परेको अवस्थाबाट संयमित प्रदर्शन गर्दै उत्कृष्ट पुनरागमन गरेको इक्वेडरका लागि यो जित विश्वकप अभियानलाई निरन्तरता दिने ऐतिहासिक सफलताका रूपमा दर्ज भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.