साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार ०८:१६

झापा । झापाको हल्दीबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दीबारी–बिर्तामोड भित्री पक्की सडकछेउको जोतिएको खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

स्थानीयले साइकलसहित अनुहार हिलोमा गाडिएको अवस्थामा शव देखेपछि बिहीबार बिहान ५ः२० बजेतिर प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हल्दीबारीबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।

Advertisement

मृतक बिर्तामोड नगरपालिका–९ का ४९ वर्षीय होमप्रसाद सुवेदी रहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान उनकी छोरी हल्दीबारी गाउँपालिका–२ की योगमाया सुवेदी भट्टराईले गरेकी हुन् ।

प्रहरीले घटनास्थल सुरक्षित राखी कानुनी प्रक्रिया अघि बढाएको छ । सुवेदीको मृत्युको कारण खुल्न बाँकी छ । घटनाको थप अनुसन्धान जारी रहेको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
विदेशी मुद्राको विनिमय दर यस्तो छ
यस्तो छ विदेशी मुद्राको विनिमयदर
भारतले बाढीपीडितका लागि १० टन राहत सामग्री पठायो
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी
जलविद्युत आयोजनाका १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन
‘रसुवाको भोटेकोशी र सिन्धुपाल्चोकको भोटेकोशी एउटै होइनन्’
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×