कोलम्बिया अन्तिम १६ मा, अब स्विट्जरल्यान्डसँग भेट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २०, शनिबार ११:०१

अमेरिका । कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा सुरुआती गोल नै निर्णायक बनेपछि कोलम्बियाले महत्वपूर्ण जित दर्ता गरेको हो ।

खेलको १४औँ मिनेटमा जोन एरियासले लुइस स्वारेजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरे । एरियासको यही गोल कोलम्बियालाई जित दिलाउन पर्याप्त बन्यो । त्यसपछि दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन र खेल १–० को नतिजामै टुंगियो ।

यस जितसँगै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डको चुनौती सामना गर्नेछ ।

सातौँ पटक विश्वकपमा सहभागी भएको कोलम्बियाले प्रतियोगिताको इतिहासमा दोस्रो पटक नकआउट चरणमा जित हात पारेको हो । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो ।

यस विश्वकपमा पनि कोलम्बियाले समूह चरणदेखि नै प्रभावशाली प्रदर्शन गरेको थियो । समूह ‘के’ को विजेताका रूपमा ७ अंकसहित नकआउट चरणमा पुगेको टोलीले घानाविरुद्ध पनि अनुशासित र सन्तुलित खेल प्रदर्शन गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

तपाइको प्रतिक्रिया
विश्वकपमा अब क्वाटरफाइनलको दौड, यी हुन् अन्तिम १६ मा पुगेका टोली
नसुध्रिएका अभिषेक गिरी : ९ वर्ष जेल बसेर छुटेपछि पनि पुरानै धन्दा
मोरङका सीमा क्षेत्रको निरीक्षणमा गृहमन्त्री गुरुङ : ‘प्रहरीका जीर्ण भवन छिट्टै निर्माण गर्छौं’
संस्कार, सुशासन र समृद्धिको शासकीय सूत्र
संस्कार, सुशासन र समृद्धिको शासकीय सूत्र
कोलम्बिया अन्तिम १६ मा, अब स्विट्जरल्यान्डसँग भेट
सय दिन पूरा गरेको बालेन सरकारले सार्वजनिक गर्दैछ कार्यसम्पादन विवरण
दुई डीआईजीको सरुवा, कार्य विभाग र अख्तियारमा जिम्मेवारी हेरफेर
जीवन यात्रा र गुरुको मार्ग दर्शन
जीवन यात्रा र गुरुको मार्ग दर्शन
गृहमन्त्री सुधन गुरुङ विराटनगर आउँदै
नेपाली कामदारलाई कोरिया पठाउन म्यानपावरका लागि बाटो खुला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.