धरान औद्योगिक क्षेत्रमा ५ उद्योगको लिज खारेज, ३५ करोडको नयाँ लगानी

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १३:२५

धरान । सुनसरीकाे धरान औद्योगिक क्षेत्रमा जग्गा ओगटेर लामो समयदेखि निष्क्रिय रहेका पाँच उद्योगको लिज सम्झौता रद्द भएकाे छ । रद्द भएकाे स्थानमा नयाँ उत्पादनमूलक उद्योग थपिएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सरकारी जग्गा ओगट्ने तर उत्पादन नगर्ने उद्योगहरूलाई हटाएर नयाँ लगानीकर्तालाई स्थान दिएको हो ।

कार्यालय प्रमुख जीवनारायण बन्जाडेका अनुसार नेपाल न्यून नेटवर्क, शुभम् वाटर, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल र कमना मल्टिफोर्ड इन्डस्ट्रिजको सम्झौता रद्द गरिएको हाे । ती उद्योगका ठाउँमा प्रीति भल्भ, जिडि स्टिल, सिद्धि विनायक, जेआर भेन्चर्स र सूर्य डायमन्ड इन्डस्ट्रिजसँग नयाँ सम्झौता गरिएको छ ।

नयाँ उद्योगहरू थपिएसँगै हालको आर्थिक मन्दीका बीच पनि औद्योगिक क्षेत्रमा ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको छ । यी उद्योगहरू सञ्चालनमा आएपछि करिब ३ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने कार्यालयले जनाएको छ । नयाँ उद्योगहरूले पानीका मिटर, फिटिङ सामग्री, निर्माण सामग्री, खाद्यान्न र भाँडाकुँडा उत्पादन गर्नेछन् ।

‘उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिएर आयात प्रतिस्थापन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने हाम्रो लक्ष्य हो,’ प्रमुख बन्जाडेले भने ।

२०३२ सालदेखि सञ्चालनमा आएको औद्योगिक क्षेत्रमा ३५ उद्योगमध्ये ३० वटा उद्याेग सञ्चालनमा छन् भने ५ वटा निर्माणका क्रममा छन् । २०२ रोपनीमा फैलिएको याे क्षेत्रमा निजी क्षेत्रको करिब २ अर्ब र सरकारी क्षेत्रको १६ करोड रुपैयाँ लगानी रहेको छ । खाली रहेका अन्य स्थानमा पनि उत्पादनमूलक उद्योग भित्र्याउने  प्रयास भइरहेकाे कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा विद्युत् प्राधिकरण इटहरीका इन्जिनियरविरुद्ध मुद्दा
मधेश प्रदेशमा भ्रष्टाचारसम्बन्धी १० हजार ७४६ उजुरी
झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा
२० अंकले घट्यो नेप्से
विराटनगरका उद्योगीको मागः नीतिगत झन्झट हटाएर उद्योगमैत्री वातावरण बनाऊ
विराटनगर किंग्स र एभरेस्ट बैंकले गरे सहकार्य सम्झौता
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×