सडकमा युवतीलाई अश्लिल अंग देखाउने कर्मचारी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १४:५३

काठमाडौं । सडकमा हिँड्दै गरेकी युवतीलाई अश्लील हर्कत गरेको आरोपमा प्रहरीले एक जना कर्मचारीलाई पक्राउ गरेकाे छ । ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी युवतीलाई अश्लिल हर्कत गरेकाे आराेपमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार उनी आज पक्राउ परेका हुन् । उनका अनुसार भट्ट  सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत छन् ।

सरकारी कर्मचारी भट्टले एक्लै बाटो हिँड्दै गरेकी युवतीलाई गोप्य अंग देखाउँदै अश्लील हर्कत गरेका थिए । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । त्यसपछि खोजी सुरु गरेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
पत्रकारितामा एआईको जिम्मेवार प्रयोगको प्रतिबद्धतासहित ‘विराटनगर घोषणापत्र’ जारी
कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउनै पर्छ
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिले गरे पदभार ग्रहण
पूर्वसांसद लक्ष्मी कोइरीलाई कारागार पठाउने कारण पेश गर्न सर्वाेच्चकाे आदेश
सडकमा युवतीलाई अश्लिल अंग देखाउने कर्मचारी पक्राउ
संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले खाेजे प्रधानमन्त्री
नेप्सेका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा
धरान औद्योगिक क्षेत्रमा ५ उद्योगको लिज खारेज, ३५ करोडको नयाँ लगानी
एडीबी अध्यक्ष नेपालमा, प्रधानमन्त्रीले पनि भेट्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.