
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर प्राडा.विश्वनाथ पौडेलले माैद्रिक नीति सार्वजनिक गरेका हुन् ।
सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ ।
मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको बताउँदै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना र समायोजन गर्न सहज व्यवस्था गरिएकाे जानकारी दिए ।
मौद्रिक नीतिले बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर, अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपातलाई यथावत राखेकाे छ ।



















