मोरङको जहदाबाट गाँजासहितको कार नियन्त्रणमा, शंकास्पद वस्तु पनि बरामद

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार ०७:४९

विराटनगर । मोरङको जहदाबाट सशस्त्र प्रहरीले गाँजासहितको कार नियन्त्रणमा लिएको छ । सशस्त्रलाई देख्नसाथ चालक भने कार छाडेर फरार भएका छन् ।

जहदा गाउँपालिका–१ नयाँ बस्तीबाट सशस्त्रले बा १२ च ७५५२ नम्बरको कारण बिहीबार राति ८ः५० बजेतिर नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) मधुमल्लाबाट खटिएको सई भोलाबहादुर कार्की नेतृत्वको मोटरसाइकल गस्ती टोलीले नयाँ बस्तीबाट कुलरिया नाका हुँदै भारततर्फ जाँदै गरेको कारलाई नियन्त्रणमा लिएको थियो ।

कार नियन्त्रणमा लिर चेकजााच गर्दा सिटमुनि लुकाएर राखिएको १९ किलो ३२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । साथै, कागजमा प्याक गरिएको शंकास्पद वस्तु पहेँलो रङको धुलो ६० ग्राम पनि फेला परेको छ ।

गाँजा र शंकास्पद वस्तु पहेँलो धुलोसहितको कारलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार शंकास्पद वस्तु पहेँलो धुलो के हो भनेर यकिन भइसकेको छैन ।

कार छाडेर फरार भएका चालकको खोजी तीव्र पारिएको सशस्त्रले जनाएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । कारमा राखेर गाँजा भारत कटाउन खोजिएको र सशस्त्रलाई देख्नसाथ कार छाडेर चालक फरार भएको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
धनकुटामा प्रहरी परिचालन बढाउन डीआईजी खनालको निर्देशन
चालेन्द्रसहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली
विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुँदै
विराटनगरबाट पक्राउ परे भारतीय नागरिक, गाँजा बरामद
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट केराबारीका दुई जना युवा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×