‘रास्वपाले देश चलाउन सक्दैन भन्ने प्रमाणित भइसक्यो’: हर्क साम्पाङ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १०:२४
‘रास्वपाले देश चलाउन सक्दैन भन्ने प्रमाणित भइसक्यो’: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सामाजिक सञ्जालमार्फत कडा प्रहार गरेका छन् । साम्पाङले रास्वपाले देश चलाउन सक्दैन भन्ने कुरा सय पटक प्रमाणित भइसकेको दाबी समेत गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद साम्पाङले सभापति लामिछानेलाई लक्षित गर्दै प्रश्न गरेका छन्, ‘रवी जी … are you still alive or… ? अब नि हस्तक्षेप नगर्ने हो भने आउने चुनावमा टाइँ टाइँ फिस हुनेछ !’ लामिछानेको मौनता र रास्वपाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले आगामी चुनावमा पार्टीको नतिजा शून्य हुने चेतावनी दिएका हुन् ।

काठमाडौंको सुकुम्वासी होल्डिङ सेन्टरमा बाढी पसेर सुकुम्वासीहरूको बिचल्ली भएको घटनाप्रति संकेत गर्दै साम्पाङले सरकारको समेत आलोचना गरेका छन् । सुकुम्वासीहरूको उचित व्यवस्थापन हुन नसक्दा उनीहरूले सास्ती भोग्नुपरेको भन्दै उनले रास्वपा जस्ता दलहरूले यस्ता जनसरोकारका विषयमा मौन बस्न नहुने आशय व्यक्त गरेका छन् ।

‘सुकुम्वासी व्यवस्थापनमा असफल बनेको सरकारले अब के गर्ला ???’, भन्दै उनले सरकारको कार्यक्षमतामाथि पनि गम्भीर प्रश्न उठाएका छन् ।

पछिल्लो समय सामाजिक र राजनीतिक मुद्दाहरूमा प्रस्ट र आक्रामक रूपमा प्रस्तुत हुँदै आएका साम्पाङको यो टिप्पणीले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.