नेकपा तेह्रथुमको एकता बैठकबाट २१५ सदस्यीय कमिटी घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार २०:२०

तेह्रथुम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तेह्रथुमको जिल्लास्तरीय एकता बैठकबाट २१५ सदस्यीय नयाँ जिल्ला कमिटीको घोषणा गरिएकाे छ ।

नेकपाका प्रदेश इन्चार्ज एवं काेशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईको उपस्थितिमा भएकाे बैठकले नयाँ कमिटी घाेषणा गरेकाे हाे । नयाँ कमिटीलाई शपथ ग्रहण गराइएको छ ।

सो कार्यक्रममा नेताहरूले वर्तमान सरकार जनविरोधी र निरंकुश हुँदै गएको आरोप लगाए । प्रमुख अतिथि राईले महँगी नियन्त्रण र सुकुम्बासी समस्या समाधानमा सरकार उदासिन रहेको बताउँदै जनताको अधिकार रक्षाका लागि वामपन्थी ध्रुवीकरण र संगठन सुदृढीकरणमा जोड दिए ।

प्रदेश सह-इन्चार्ज समर काफ्लेले संघीयतालाई प्रभावकारी बनाउन बहसको खाँचो रहेको बताए । प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउने गरी तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत १० वामपन्थी घटकबीच गत २०८२ कात्तिक १९ मा एकता भई ‘तारा’ चुनाव चिन्हसहित नयाँ पार्टी गठन भएको थियो । सोही एकताको सन्देश गाउँ-गाउँसम्म पुर्‍याउन प्रदेशका १४ वटै जिल्लामा अभियान चलाइएको प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
नेकपा तेह्रथुमको एकता बैठकबाट २१५ सदस्यीय कमिटी घोषणा
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन
बूढानीलकण्ठमा सभापति र प्रधानमन्त्रीबीच ४ घण्टा वान टु वान छलफल
आफैंलाई आगो लगाएका गणेश नेपालको मृत्यु
सरकार र गणेश नेपालीकाे परिवारबीच ९ बुँदे सहमति
पशु हाटकाे खाल्डाेमा डुबेर एकै परिवारका तीन जनाकाे मृत्यु
पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु
औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय
औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
विराटनगरमा प्रदर्शनी स्थल र अमडुवामा औद्योगिक ग्राम बनाउन दौडधुप 
विराटनगरमा प्रदर्शनी स्थल र अमडुवामा औद्योगिक ग्राम बनाउन दौडधुप 
विमानस्थलमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले घर पुर्याएर छाड्याे
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.