विश्वकपमा स्पेन र फ्रान्स आमनेसामने हुँदै, तथ्यांकले कसलाई देखाउँछ बलियो ?

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार ०८:१४

अमेरिका । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा युरोपका दुई फुटबल महाशक्ति स्पेन र फ्रान्स आमनेसामने हुँदैछन् । बुधबार बिहानका राति १२ः४५ बजेतिर अमेरिकाको टेक्सास राज्यस्थित अर्लिङ्टनको डलास स्टेडियममा हुने खेलसँगै विश्वकपको पहिलो फाइनलिस्टको टुंगो लाग्नेछ ।

विश्व फुटबलका दुई सफल टोलीबीचको भिडन्तलाई प्रतियोगिताकै सबैभन्दा ठूलो खेलमध्ये एक मानिएको छ । एकातिर दुईपटकको विश्वकप विजेता फ्रान्स छ भने अर्कोतर्फ सन् २०१० को विश्व विजेता तथा चारपटकको युरो च्याम्पियन स्पेन फाइनल यात्रा तय गर्ने लक्ष्यमा मैदान उत्रनेछन् ।

Advertisement

यस खेलमा सबैको ध्यान फ्रान्सका कप्तान किलियन एम्बाप्पे र स्पेनका युवा स्टार लामिन यामालतर्फ केन्द्रित हुनेछ । क्लब फुटबलमा ला लिगामार्फत एकअर्काविरुद्ध खेलिसकेका यी दुई खेलाडी अब विश्वकपको सेमिफाइनलजस्तो ठूलो मञ्चमा आमनेसामने हुँदैछन् ।

तथ्यांकले भने फ्रान्सलाई केही अघि देखाएको छ । खेल विश्लेषण गर्ने संस्था अप्टाको सुपरकम्प्युटरले निर्धारित ९० मिनेटभित्र फ्रान्सको जित्ने सम्भावना ४२.१ प्रतिशत आकलन गरेको छ । स्पेनको सम्भावना ३१.८ प्रतिशत रहेको छ । खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २६.१ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

यद्यपि, समग्र हेड–टु–हेड इतिहास हेर्दा स्पेनको पल्ला भारी देखिन्छ। अहिलेसम्म दुई टोलीबीच ३८ खेल भएका छन् । त्यसमध्ये स्पेनले १८ खेल जितेको छ भने फ्रान्सले १३ खेल आफ्नो पक्षमा पारेको छ । सात खेल बराबरीमा सकिएका छन् ।

पछिल्ला दुई प्रतिस्पर्धामा भने स्पेनले लगातार सफलता हात पारेको छ । २०२५ को यूईएफए नेसन्स लिग सेमिफाइनलमा स्पेनले ५–४ को रोमाञ्चक जित निकालेको थियो भने २०२४ को युरो सेमिफाइनलमा पनि २–१ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

विश्वकप इतिहासमा भने यी दुई टोलीको भेट यसअघि एकपटक भएको छ । सन् २००६ को अन्तिम १६ को खेलमा फ्रान्सले स्पेनलाई ३–१ ले हराउँदै अर्को चरणमा स्थान बनाएको थियो ।

फ्रान्स यसपटक पनि आक्रमणमा निकै बलियो देखिएको छ । कप्तान एम्बाप्पे आठ गोल र तीन असिस्टसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् । ओउस्मान डेम्बेलेले पाँच गोल गरेका छन् भने माइकल ओलिसे पाँच असिस्टका साथ उत्कृष्ट लयमा छन् । मिडफिल्डमा औरेलियन चुआमेनी र एडुआर्डो कामाभिङ्गा तथा रक्षामा इब्राहिमा कोनाते र विलियम सालिबाले टोलीलाई मजबुत बनाएका छन् ।

समूह चरणमा केही कमजोर देखिएको फ्रान्सको रक्षा नकआउट चरणमा भने निकै प्रभावशाली बनेको छ । टोलीले पछिल्ला तीन खेलमा लगातार क्लिन सिट राख्दै विपक्षीलाई गोल गर्ने अवसर दिएको छैन ।

स्पेनको सबैभन्दा ठूलो आशा भने उसको अनुशासित र संगठित खेल हो । प्रतियोगिताभर पाँच खेल खेल्दा स्पेनले एक गोल मात्र खाएको छ । मिकेल ओयारजाबाल चार गोलसहित टोलीका सर्वाधिक गोलकर्ता छन् भने मिकेल मेरिनोले नकआउट चरणमा निर्णायक गोल गर्दै टोलीलाई अघि बढाएका छन् ।

चोटबाट फर्किएका लामिन यामाल पनि विस्तारै आफ्नो लयमा देखिन थालेका छन् । यामालसँगै डानी ओल्मो, निको विलियम्स, पेड्री र फाबियन रुइजको उपस्थितिले स्पेनको आक्रमणलाई थप खतरनाक बनाएको छ ।

रणनीतिक रूपमा पनि यो खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । फ्रान्सले एम्बाप्पेको गति र तीव्र काउन्टर अट्याकमा भर पर्ने सम्भावना छ भने स्पेनले बल आफ्नो नियन्त्रणमा राख्दै अवसर सिर्जना गर्ने शैली अपनाउने अनुमान गरिएको छ । विशेषगरी मिडफिल्डमा हुने प्रतिस्पर्धाले खेलको दिशा तय गर्न सक्ने विश्लेषण गरिएको छ ।

यस खेलको विजेताले विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गर्नेछ । दुवै टोली यसअघि उत्कृष्ट लयमा रहेकाले फुटबल समर्थकले उच्चस्तरीय र रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाउने छन् ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×