पहिचान नखुलेका विदेशी नागरिकलाई मानवसेवा आश्रम पठाइयो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १०:२९

विराटनगर । सप्तरीको कञ्चनरूप नगरपालिकामा फेला परेका एक पहिचान नखुलेका विदेशी नागरिक (शंकास्पद रोहिंग्या)लाई प्रशासनले जनकपुरस्थित मानवसेवा आश्रम पठाएको छ ।

असार २७ गते बरमझियामा फेला परेका करिब ५५ वर्षीय ती पुरुषले नेपाली, हिन्दी वा मैथिली भाषा बोल्न नसकेको र कुराकानीका क्रममा ‘टाका’,’बङ्गलादेश’ र ‘अल्लाह’ जस्ता शब्द मात्र प्रयोग गरेको प्रहरीले जनाएको छ ।

उनी म्यानमारबाट विस्थापित भई बङ्गलादेश पुगेका रोहिंग्या समुदायको सदस्य हुनसक्ने सुरक्षाकर्मीको अनुमान छ ।

सामान्यतया अवैध रूपमा प्रवेश गर्ने विदेशीलाई अध्यागमन विभाग पठाउनुपर्ने कानुनी प्रावधान भए पनि नीतिगत अस्पष्टता र मानवीय कारणले उनलाई आश्रम पठाइएको हो ।  सप्तरी प्रहरीका प्रवक्ता डीएसपी हेमचन्द्र घिमिरेले ती व्यक्ति बोल्न नसक्ने अवस्थामा रहेकाले मानवीयताका नाताले संरक्षणका लागि आश्रम पठाइएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.