विराटनगरमा कांग्रेस कार्यदलकाे बैठक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार १२:५४

विराटनगर । काेशी प्रदेश सरकारमा सहभागिताका विषयमा निर्णय गर्न नेपाली कांग्रेसकाे प्रदेशस्तरीय कार्यदलकाे बैठक सुरु भएकाे छ । कांग्रेसले बुधबार प्रदेश सरकारसँगकाे सहकार्य ताेड्ने निर्णय गरेकाे थियाे ।  केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिएपछि थप निर्णय गर्न कार्यदलकाे बैठक सुरु भएकाे हाे ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, सांसदहरू अमृत अर्याल, गयानन्द मण्डललगायत सहभागी छन् ।

बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बलाउन निर्देशन दिने बताइएकाे छ ।

प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।

कार्यदलकाे सदस्य भाैतिक पूर्वाधार मन्त्री सुनुवार पनि हुन् । तर, उनी बैठकमा सहभागी भएका छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.