भट्ट र अग्रवालसँग धरौटी माग, तर तत्काल रिहा नहुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार ०९:४६

काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई बीमा तथा धितोपत्रसम्बन्धी तीन मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले अग्रवालसँग पाँच करोड ८० लाख रुपैयाँ र भट्टसँग दुई करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको हो । अदालतले बीमा ऐनअन्तर्गतको मुद्दामा अग्रवालसँग दुई करोड र भट्टसँग एक करोड ५० लाख रुपैयाँ धरौटी तोकेको छ ।

यस्तै, धितोपत्रसम्बन्धी एक मुद्दामा अग्रवालसँग दुई करोड ३० लाख रुपैयाँ तथा अर्को धितोपत्रसम्बन्धी मुद्दामा अग्रवालसँग एक करोड ५० लाख र भट्टसँग एक करोड रुपैयाँ धरौटी मागिएको छ ।

यद्यपि, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले यसअघि नै दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएकाले जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिए पनि उनीहरू तत्काल रिहा हुने छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.