विश्वकप जित्ने टोलीका खेलाडीले पाउने भए फिफाको विशेष ‘च्याम्पियन रिङ’

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार ०९:०५

न्युयोर्क । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ संस्करणको विश्वकप विजेता टोलीका खेलाडीलाई विशेष ‘च्याम्पियन रिङ’ (औंठी) प्रदान गर्ने भएको छ ।

अमेरिकामा विभिन्न व्यावसायिक खेलकुदका विजेता टोलीलाई स्मरणस्वरूप औंठी प्रदान गर्ने परम्परालाई पहिलोपटक फिफाले पनि विश्वकपसँग जोड्न लागेको हो । फिफाका अनुसार विश्व च्याम्पियन बन्ने टोलीका ३० सदस्यले यो विशेष औंठी प्राप्त गर्नेछन् । औंठीमा विश्वकप ट्रफीको डिजाइन राखिएको छ भने ब्यान्डमा विशेष लेखाइ पनि समावेश गरिएको छ ।

Advertisement

साथै, सीमित संस्करणका १ हजार ९ सय ९६ वटा औंठी सर्वसाधारणका लागि बिक्रीमा राखिने जनाइएको छ । सन् २०२६ को विश्वकपलाई लक्षित गर्दै औंठीमा ‘२०२६’ अंक पनि अंकित गरिएको छ ।

अमेरिकामा एनएफएलको सुपर बाउललगायत प्रमुख खेल प्रतियोगिताका विजेता खेलाडीलाई च्याम्पियन रिङ प्रदान गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ । फिफाले पनि त्यसैको प्रेरणामा विश्वकप विजेताका लागि यो नयाँ सम्मान सुरु गर्न लागेको हो ।

बीबीसीका अनुसार अर्जेन्टिना र स्पेनबीच हुने फाइनल खेलका प्रमुख अतिथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहनेछन् । उनले नै विजेता टोलीलाई विश्वकप ट्रफी हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिताका यसअघिका १ सय २ खेलमा ट्रम्प उपस्थित भएका थिएनन् । उनले अमेरिकी टोलीको खेल पनि मैदानमै पुगेर हेरेका थिएनन् ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×