साकाको ह्याट्रिकमा इंग्ल्यान्डको शानदार जित, एम्बाप्पे बने विश्वकपकै सर्वाधिक गोलकर्ता

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार ०६:२२

अमेरिका । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गरेको छ ।

इंग्ल्यान्डले तेस्रो स्थान हासिल गर्ने क्रममा मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा कुल १० गोल हुँदा दर्शकले विश्वकपकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एकको मजा लिए । इंग्ल्यान्डको जितमा बुकायो साका नायक बने । उनले ह्याट्रिक पूरा गर्दै टोलीलाई शानदार जित दिलाए । खेलको तेस्रो मिनेटमै डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसपछि १८औँ मिनेटमा इज्री कोन्साले हेडमार्फत दोस्रो गोल थपे ।

Advertisement

पहिलो हाफको अन्त्यतिर साकाले ३७औँ मिनेट र इन्जुरी समयमा लगातार दुई गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै ४–० को बलियो अग्रता दिलाएका थिए ।दोस्रो हाफमा भने फ्रान्सले सशक्त पुनरागमन गर्ने प्रयास गर्‍यो । कप्तान किलियन एम्बाप्पेले ४८औँ मिनेटमा गोल गर्दै टोलीको खाता खोले । त्यसपछि ब्राड्ली बारकोलाले ५४औँ मिनेटमा गोल गरे भने ६६औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को रोमाञ्चक अवस्थामा पुर्‍याए ।

८७औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो र साकाले त्यसलाई सदुपयोग गरे । इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल फर्काए पनि अन्तिम क्षणमा जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को प्रभावशाली जित सुनिश्चित गरे ।

पराजित टोलीका कप्तान एम्बाप्पेले खेलमा दुई गोल गरे पनि टोलीलाई जिताउन सकेनन् । यद्यपि, दुई गोलसँगै उनले विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गर्दै गोल्डेन बुटको दौडमा पनि सबैलाई पछि पारे ।

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्डले त्यसयता पहिलो पटक विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । यसअघि सन् २०१८ को विश्वकपमा इंग्ल्यान्ड चौथो स्थानमा सीमित भएको थियो ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×