श्रीलंकाको भ्रमण सकेर फर्किए प्रचण्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार १४:१५

काठमाडौं । श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण पूरा गरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए  ।

भ्रमणका क्रममा उनले इन्टरनेुनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका थिए ।

Advertisement

श्रीलंका बसाइका क्रममा प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए । उनले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग दुईपक्षीय छलफल गरेका थिए ।

त्यसैगरी श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव तिल्भिन सिल्भा तथा पार्टीको पोलिटब्युरोसँग भएको छुट्टै भेटवार्तामा गरेका थिए । प्रचण्ड १५ जुलाईमा श्रीलंका पुगेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×