फिफा विश्वकप २०२६: अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेन दोस्रो पटक विश्व विजेता

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ४, सोमबार ०८:०१
 फिफा विश्वकप २०२६ः अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेन दोस्रो पटक विश्व विजेता

काठमाडौं । साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । आइतबार राति अमेरिकाको न्युयोर्कस्थित न्यू जर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले हराउँदै स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन बनेको हो ।

स्पेनले यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको उपाधि जितेको थियो । यो जितसँगै स्पेनले दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भएको छ ।

Advertisement

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे तापनि निर्धारित समयमा गोल हुन सकेन। तर, अतिरिक्त समयमा स्पेनका फेरान टोरेसले उत्कृष्ट गोल गर्दै टोलीलाई निर्णायक अग्रता दिलाए। उनको सोही गोल नै स्पेनको ऐतिहासिक जितको आधार बन्यो।

खेलको एक महत्त्वपूर्ण मोडमा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिनु परेको थियो । १० खेलाडीमा सीमित भएपछि अर्जेन्टिना दबाबमा परेको थियो । स्पेनले खेल अवधिभर बलमाथि आफ्नो बलियो पकड जमाउँदै अर्जेन्टिनालाई रक्षात्मक खेल्न बाध्य तुल्याएको थियो । यद्यपि, अर्जेन्टिनाले खेलको अन्तिम समयतिर गोल गर्ने केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन र उपाधि रक्षा गर्ने अवसर गुमायो ।

फाइनल खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्न नसकेपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट उपाधि जितेका छन्। प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले व्यक्तिगत रूपमा अर्को सफलता हात पारेका हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×