मोरङमा गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार ११:११

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ बाट सशस्त्र प्रहरीले बुधबार बिहानका राति गाँजा बरामद गरेको छ ।

ओसरपसारमा संलग्न भने फरार भएका छन् । सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) मधुमल्लाबाट खटिएको टोलीले १० किलो गाँजा बरामद गरेको हो ।

Advertisement

सशस्त्रले नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा फेला पारेर रोकेको थियो । तर, सशस्त्रलाई देख्नसाथ गाँजा फालेर ओसारपसारमा संलग्न फरार भएका थिए । शंका लागेर सशस्त्रले चेकजाँच गर्न खोज्दा गाँजासहितको झोला फालेर मानिस फरार भएको बताइएको छ ।

झोला चेकजाँच गर्दा १० किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार ओसारपसारमा संलग्नको खोजी तीव्र पारेर बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा जिम्मा लगाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×