नेपाली कांग्रेसको संस्थापन इतर पक्षकाे राष्ट्रिय भेला घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १९:३६

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापन इतर पक्षले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता प्रकाशमान सिंहले उक्त भेलाबारे जानकारी दिएका हुन् ।

पार्टीभित्रको आन्तरिक रणनीति र आगामी कार्यदिशा तय गर्न सातै प्रदेशमा प्रादेशिक भेलाहरू सम्पन्न गरिसकेको यो समूहले अब केन्द्रीयस्तरको भेला गर्न लागेको हो ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भने, ‘हामीले सातै प्रदेशमा भेलाहरू सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । साउन २९ गते काठमाडौंमा हुने राष्ट्रिय भेलापछि हामी आफ्नो स्पष्ट बाटो तय गर्नेछौं ।’

नेता सिंहले पार्टीको आगामी १५औँ महाधिवेशनलाई विशेष महत्त्व दिँदै यसलाई ‘एकताको महाधिवेशन’ बनाउनुपर्नेमा जोड दिए । उनले इतर पक्षको उद्देश्य पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनु रहेको समेत स्पष्ट पारे ।

कांग्रेसभित्रको शक्ति सन्तुलन र महाधिवेशनको पूर्वतयारीका रूपमा हेरिएको यो भेलालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ । भेलाले पार्टीभित्रको संस्थापन पक्षसँगको असहमति र आगामी सांगठनिक सुधारका एजेन्डाहरूलाई साझा धारणाका रूपमा अघि सार्ने बताइएकाे छ ।

तपाइको प्रतिक्रिया
हुलाकी सडकको खाल्डाखुल्डीमा छटपटाउँदै बित्याे सतलालको जीवन
नेपाली कांग्रेसको संस्थापन इतर पक्षकाे राष्ट्रिय भेला घोषणा
मोरङको उर्लाबारीमा दुई वर्षअघि छोरी बलात्कृत, बल्ल पक्राउ परे बाबु
कोशीमा नयाँ सत्ता समीकरणको रस्साकस्सी : एमालेसँग सहकार्य नजिकिएसँगै नेकपाले माग्यो मुख्यमन्त्री
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङ कटहरीकी रीता सोनार पक्राउ
विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीले गर्यो उद्धार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दुर्घटनाका घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक
निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×