
कलकल खोली देखेको छु, अटल हिमाल देखेको छु ।
लाली गुराँसको रङले छातीमा मेरो नेपाल लेखेको छु ।
सम्पदा जोगाउँदा चुहियोस् पसिना, चुहियोस् रगत तर,
बतास चल्दा शान्तिको दियो यहाँ एकताले छेकेको छु ।
बेग्लै कोख बाट जन्मिए पनि हामी वीरहरूकै सन्तान हौँ,
छैन खोट नियतमा, ज्ञानको ज्योतिले आँखा सेकेको छु ।
यही सानो झुपडी पनि सुखी मनले आनन्द माने महल हो ।
साँच्चै नमरीकन स्वर्गझैँ सुन्दर लोकमा पाइला टेकेको छु ।
सुजन विश्वकर्मा
हेटौँडा –मकवानपुर



















