मोरङको सुनवर्षीमा नाबालिकाको हत्या, घन्सीबारीमा भेटियो शव

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार ०७:४७

विराटनगर । मोरङको सुनवर्षीमा हत्या भएको अवस्थामा नाबालिकाको शव फेला परेको छ । सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलका जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको हत्या भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार हत्या गरेर फालेको अवस्थामा घरदेखि करिब २ सय मिटर पूर्वमा रहेको घन्सीबारीमा शुक्रबार साँझ ७ः३० बजेतिर बालिकाको शव भेटिएको हो । बालिकाको हत्या भएको जानकारी पाउनसाथ घटनाको अनुसन्धानका लागि एसपी कटवाल आफैं घटनास्थल पुगेका थिए ।

उनका अनुसार शुक्रबार अपरान्ह ४ बजेदेखि नाबालिका हराएको जानकारी अभिभावकले दिएका छन् । खोजी गर्ने क्रममा हत्या गरेर फालेको अवस्थामा घन्सीबारीमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

एसपी कटवालका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट रहेको छ । ‘शरीरमा माथिको कपडा खोलेको र तलको लगाएको अवस्थामा शव फेला परेको हो । माथिको कपडा नलगाएको अवस्थामा नै घरबाट बेपत्ता भएको भन्ने कुरा आएको छ । निधार र कन्चटमा चोट रहेको अवस्थामा बालिकाको शव फेला परेको हो । घटनाको प्रकृति हेर्दा बलात्कार भएजस्तो देखिँदैन,’ उनले भने ।

उनका अनुसार शव र घटनास्थलको प्रकृति हेर्दा अभिभावकसँगको कुनै पुरानो रिसईबीका कारण नाबालिकाको हत्या गरेर शव घन्सीबारीमा फालिदिएको जस्तो देखिन्छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई राति ११ः२० बजेतिर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी कटवालले दिए ।

‘नाबालिकाको हत्या के कारणले, किन र कसले गरेको हो भन्ने यकिन भइसकेको छैन । पोस्टमार्टम रिपोर्ट प्राप्त भएर विस्तृत अनुसन्धान गरेपछि घटनाको कारण पत्ता लाग्छ,’ उनले भने । हत्यामा संलग्नको हालसम्म पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्नको खोजी र घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोली परिचालित छ । इन्स्पेक्टर झा नेतृत्वको टोलीले घटनास्थलमा पुगेर सबै पक्षसँग सोधपुछ गर्दै घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । साथै, नाबालिकाको हत्यामा संलग्नको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×