एक रुपैयाँको सिक्कामा अब चुच्चे नक्सा, आकाश भैरवको चित्र पनि समेटिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार ०८:५०

काठमाडौं । सरकारले एक रुपैयाँको नयाँ सिक्काको डिजाइनमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंक पुगिसकेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बाको तस्बिर राखेर तयार पारेको डिजाइन स्वीकृतिका लागि पठाएको थियो । तर, मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै परिमार्जित डिजाइन ल्याउन निर्देशन दिएको थियो । त्यसपछि तयार गरिएको नयाँ डिजाइनमा चुच्चे नक्सा र आकाश भैरवको चित्र समावेश गरिएको हो ।

Advertisement

नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन स्वीकृत गर्न वा परिवर्तन गर्न मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नयाँ सिक्कामा नेपालको नक्सा हटाइने छैन । उनका अनुसार अहिलेको डिजाइनमा मुख्य परिवर्तन सिक्काको तौल, आकार र प्रयोग हुने धातुमा गरिएको हो ।

हाल प्रयोग भइरहेको एक रुपैयाँको सिक्का बनाउन त्यसको अंकित मूल्यभन्दा बढी खर्च लाग्ने भएकाले उत्पादन लागत घटाउने उद्देश्यले तौल कम गर्ने र आकारमा परिमार्जन गर्न लागिएको उनले बताए । साथै, अहिले प्रयोग भइरहेको मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने तयारी गरिएको छ । यसबाट उत्पादन खर्च घट्नुका साथै वातावरणीय दृष्टिले पनि सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकको विश्वास छ ।

प्रवक्ता पौडेलका अनुसार सिक्कामा रहने ६४ वटा थोप्लाले ६४ योगिनीको प्रतीक जनाउँछन् । सिक्कामा अंकित चित्र तथा प्रतीकहरू सजावटका लागि नभई ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय पहिचान झल्काउने माध्यम पनि भएकाले तिनको विशेष महत्व रहने उनले बताए ।

सरकारले समय समयमा सिक्काको डिजाइन परिमार्जन गर्दै आएको छ । यद्यपि, कुन चित्र वा प्रतीक समावेश गर्ने भन्ने विषय सरकारको नीतिगत निर्णयमा निर्भर रहने राष्ट्र बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सुनचाँदीको मूल्य सामान्य बढ्यो 
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने युवक पक्राउ
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने युवक पक्राउ
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढीमा 
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढीमा 
एक रुपैयाँको सिक्कामा अब चुच्चे नक्सा, आकाश भैरवको चित्र पनि समेटिने
कंगोमा इबोला तीव्र रूपमा फैलँदै, १ सय जनाको मृत्यु
इबोला महामारी नियन्त्रणभन्दा बाहिर, १० हप्तामै १,३०० भन्दा बढीको मृत्यु
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
कोशीको सत्ता नयाँ मोडमा : हिक्मतकै निरन्तरता कि तिलकुमारको सम्भावना ?
गोली हानेपछि पक्राउ परे झुम्का कारागारका फरार कैदी
झापामा इलेक्ट्रिक स्कुटरको ठक्करबाट तीन महिला घाइते, एक जनाको अवस्था गम्भीर
यस्तो रहनेछ मौसम, कहाँ–कहाँ हुँदैछ वर्षा ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×