पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार ११:५२
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ अचानक तीव्र चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई काठमाडौंस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

डा.भट्टराईको सचिवालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनलाई भित्री कानमा हुने समस्या  ‘बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । यो समस्याका कारण बिरामीलाई अचानक टाउको घुम्ने वा चक्कर लाग्ने हुन्छ ।

Advertisement

सचिवालयका अनुसार हाल डा. भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्टहरू सामान्य रहेका छन् र अहिले चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत रहेको, विज्ञप्तिमा उल्लेख छ।

तपाइको प्रतिक्रिया
देवानगन्ज घटनापछि सीमामा ‘हाइ अलर्ट’, आईडी कार्डबिना नेपाल प्रवेशमा रोक
कप्तानगन्ज सामान्य बन्दै, अन्यत्र प्रदर्शन जारी
बाँकेको कोहलपुरमा सेप्टी ट्यांकी भत्किँदा तीन मजदुरको मृत्यु
बाँकेको कोहलपुरमा सेप्टी ट्यांकी भत्किँदा तीन मजदुरको मृत्यु
झापामा कारले ठक्कर दिँदा र करेन्ट लाग्दा दुई वृद्धाको मृत्यु
सुनसरी घटनाका बारेमा सर्वदलीय अपिल जारी (पूर्णपाठसहित)
देवानगन्ज झडप : दुई जना घाइतेको अवस्था गम्भीर, कम्तीमा २० घरमा क्षति
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
सुनको मूल्य सामान्य घट्यो 
सुनको मूल्य सामान्य घट्यो 
सुनसरी घटनापछि कोशीमा सर्वदलीय पहल, मुख्यमन्त्री कार्कीले बोलाए बैठक
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×