
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ विशाल चोकस्थित सडक छेउको फलैँचामा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक सुन्दरहरैँचा नगरपालिका–१ का ७० वर्षीय वीरबहादुर कुमाल हुन् ।
बिहीबार राति फेला परेको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो । पोस्टमार्टमपछि शुक्रबार शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ । मृत्युको कारण खुलिनसकेको र पोस्टमार्टम प्रतिवेदन प्राप्त भएर अनुसन्धान पूरा भएपछि सबै यकिन हुने प्रहरीको भनाइ छ ।

























