हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १७:२४
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवाकी ७५ वर्षीया वृद्धाको हत्या भएको छ । आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले १८ वर्षीय नातिलाई पक्राउ गरेको छ ।

गत साउन १४ गते बिहीबार साँझ ६ बजेतिर ७५ वर्षीया तेतरी खातुन आफ्नै माइलो छोरा शेख निमुदिनको घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । खाटमा मृत भेटिएकी खातुनको मृत्यु स्वभाविक नदेखिएको र शंकास्पद पाइएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाको टोलीले घटनास्थल पुगेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा मृतकका १८ वर्षीय नाति साहिद शेखमाथि शंका गर्दै नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार सोधपुछ र अनुसन्धानका क्रममा साहिदले आफ्नै हजुरआमाको हत्या गरेको स्वीकार गरेका छन् । प्रारम्भिक सोधपुछमा उनले हत्या गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहिदमाथि कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको छ । वृद्धाको हत्याको कारण भने अझै खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज गोलीकाण्डमा सरकारको अपरिपक्वता : मृतकको शव जलिसक्यो, स्थायी समाधान अधुरै
सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप
सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप
सामाजिक सद्भाव र कानुनी शासनका लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण: मन्त्री पराजुली
सामाजिक सद्भाव र कानुनी शासनका लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण: मन्त्री पराजुली
दीपमाला ढकाल बनिन् ‘मिस नेपाल’
धनकुटामा आठ सय केजी गाँजासहित दुई जना पक्राउ
धनकुटामा आठ सय केजी गाँजासहित दुई जना पक्राउ
नेपालको राष्ट्रियता र स्थायित्वका लागि संवैधानिक राजसंस्था अपरिहार्य: अभिनेत्री मनीषा कोइराला
राष्ट्रियताका लागि संवैधानिक राजसंस्था अपरिहार्य: अभिनेत्री मनीषा कोइराला
श्रीलंकामा पूर्वप्रहरी प्रमुख र पूर्वरक्षा सचिवलाई मृत्युदण्ड
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
हिमपहिरोमा अस्ताए निर्मल पुर्जासहित ६ नेपाली आरोही
निर्मल पुर्जाको निधनमा प्रधानमन्त्री, ‘साहस अमर रहनेछ’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.