दुर्गा प्रसाईँद्वारा राजसंस्था पुनर्बहालीका लागि आन्दोलनको घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १८:०९

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको दाबी गरे ।

Advertisement

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए । सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप पनि उनले लगाए ।

प्रसाईँले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरुद्ध नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको प्रस्ट पारे । पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसङ्ग जोड्दै उनले किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्बहाली नै मुख्य एजेण्डा भएको दोहोर्‍याए ।

संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था नै ढाल्ने चेतावनी प्रसाईँले दिए । उनले देशको अस्तित्व जोगाउन र हिन्दु राष्ट्र पुनर्बहालीका लागि एकै ठाउँमा उभिन सम्पूर्ण बुद्धिजीवी, पत्रकार र नागरिकहरूलाई अपिल समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
सुनसरीका चार गाउँपालिकामा पुनः निषेधाज्ञा जारी
सुनसरीका चार गाउँपालिकामा पुनः निषेधाज्ञा जारी
‘घृणाले होइन, भाइचाराले समाज बन्छ’: पाँच धर्मका गुरुहरूको संयुक्त शान्ति अपिल
‘घृणाले होइन, भाइचाराले समाज बन्छ’: पाँच धर्मका गुरुहरूको संयुक्त शान्ति अपिल
कप्तानगन्ज गोलीकाण्डका घाइते रवीन्द्रको खुट्टा गुम्यो, अरुको स्वास्थ्य अवस्था कस्तो ?
डुङ्गामा आगालागी हुँदा ५ जनाको मृत्यु, ४१ बेपत्ता
दुर्गा प्रसाईँद्वारा राजसंस्था पुनर्बहालीका लागि आन्दोलनको घोषणा
मानव-हात्ती द्वन्द्वले झापामा ८० जनाको ज्यान गयो
सुस्तामा नेपाली भूमि पसेर एसएसबीले भत्कायो निर्माणाधीन बाँध
धार्मिक-जातीय द्वेष फैलाएको आरोपमा पक्राउ
पुरानै लयमा फर्किदै सुनसरी, सडकदेखि बजारसम्म बढ्यो चहलपहल
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.