विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार ०८:०५
विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा 

विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवासमा प्रहरीले सोमबार (आज) बिहानै छापा मारेको छ । अवैध रूपमा ठुलो परिमाणमा नगद संचित गरी राखेको विशेष सूचनाका आधारमा प्रहरीले मुन्दडाको घर र कार्यालयलाई घेरा हाली खानतलासी सुरु गरेको हो ।

विराटनगर–७ स्थित मोरङ व्यापार संघको कार्यालय अगाडि रहेको मुन्दडाको निवासमा अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले मुन्दडाको घरलाई पूर्ण नियन्त्रणमा लिएर बाहिरी व्यक्ति र सवारीसाधनको आवतजावतमा समेत रोक लगाएको छ ।

Advertisement

प्रहरी स्रोतका अनुसार मुन्दडामाथि विगत लामो समयदेखि अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोप लाग्दै आएको थियो । यद्यपि, ती आरोपहरू हालसम्म कानुनी रूपमा पुष्टि भइसकेका छैनन् । आजको छापा पनि सोही अवैध कारोबार र लुकाइएको नगदसँग सम्बन्धित रहेको आशंका गरिएको छ ।

यो समाचार तयार पार्दासम्म प्रहरीले मुन्दडाको घरभित्र खानतलासी जारी राखेको छ । घरमा अवैध रकम फेला परे नपरेको विषयमा भने अझै यकिन भइसकेको छैन ।

मोरङ प्रहरीका अनुसार अनुसन्धानको प्रक्रिया जारी रहेको र खानतलासी सकिएपछि मात्रै बरामद भएका सामग्री वा रकमको बारेमा आधिकारिक जानकारी दिइने छ । ‘हामीले प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाएका हौँ, थप विवरण केही समयपछि सार्वजनिक गर्नेछौँ,’ प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
राहदानी कसुरमा परराष्ट्रका सहसचिव भट्टराई पक्राउ
साढे तीन महिनामा विपद्का ४ हजारभन्दा बढी घटना: १९६ जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकको पहिरो हटाइयो, दुवैतर्फी यातायात सञ्चालनमा
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
३ दिन भारी वर्षाको सम्भावनाः बाढी र पहिरोको जोखिम उच्च
चिया निर्यात घट्यो: पूर्वी नाकाबाट ३ अर्ब ५२ करोडको निकासी
सप्तरीको राजविराज र बोदेबर्साइनबाट निषेधाज्ञा हटाइयो
सुनकोसीमा कार खस्यो: चालकसहित ३ जना बेपत्ता
सुस्ता विवाद राष्ट्रियसभामा: एसएसबीको हस्तक्षेपबारे सरकारको ध्यानाकर्षण
बालबालिकालाई सदस्यता दिएकोबारे रास्वपालाई मानव अधिकार आयोगको पत्र
मानवअधिकार उल्लंघनसम्बन्धी ३९ उजुरी दर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.