बढ्यो सुनचाँदीको मूल्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार ११:०३
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै प्रति १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ तोकिएको छ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७३० रुपैयाँ निर्धारण गरिएको छ।

Advertisement

महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य तोक्दै आएको छ।

तपाइको प्रतिक्रिया
जुलाईमा भित्रिए ७१ हजारभन्दा बढी विदेशी पर्यटक
सुनकोशीमा खसेको कार र ३ जनाको खोजीमा गोताखोर परिचालन
राहदानी कसुरमा परराष्ट्रका सहसचिव भट्टराई पक्राउ
साढे तीन महिनामा विपद्का ४ हजारभन्दा बढी घटना: १९६ जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकको पहिरो हटाइयो, दुवैतर्फी यातायात सञ्चालनमा
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
३ दिन भारी वर्षाको सम्भावनाः बाढी र पहिरोको जोखिम उच्च
चिया निर्यात घट्यो: पूर्वी नाकाबाट ३ अर्ब ५२ करोडको निकासी
सप्तरीको राजविराज र बोदेबर्साइनबाट निषेधाज्ञा हटाइयो
सुनकोसीमा कार खस्यो: चालकसहित ३ जना बेपत्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.