घट्यो नेप्से परिसूचक, ४ अर्ब ७ करोडको कारोबार

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १५:५१

काठमाडौं । सेयर बजारमा मङ्गलबार दोहोरो अङ्कको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २१ दशमलव १५ अङ्कले घटेर २६६३ दशमलव १८ विन्दुमा झरेको छ।

बजार खुलेसँगै उतारचढावका बिच बिक्री चाप बढेकाले नेप्से ओरालो लागेको हो। आज ३४३ कम्पनीका १ करोड ७ लाख कित्ता सेयर ५२ हजार २ सय ७२ पटक किनबेच हुँदा ४ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भयो।

घटाइका कारण समग्र बजार राताम्मे बनेको छ। कारोबार भएकामध्ये २१३ कम्पनीको सेयर मूल्य घट्यो भने ५९ कम्पनीको मात्र मूल्य बढ्यो। ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

बजार घटे पनि एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले कमाए। सो कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिसेयर १७३१ दशमलव ४० रुपैयाँ पुग्यो। खानीखोला हाइड्रोको १० दशमलव०७ प्रतिशत र जोशी हाइड्रोपावरको सेयर मूल्य ५ दशमलव २६ प्रतिशतले बढेको छ।

सबैभन्दा बढी कारोबार खानीखोला हाइड्रोको भयो। सो कम्पनीको ४० करोड ६६ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद-बिक्री भएको छ। सिद्धार्थ बैंकको १६ करोड ७७ लाख, नेशनल हाइड्रोपावरको १६ करोड ५७ लाख र सेन्ट्रल फाइनान्सको १४ करोड ९१ लाख रुपैयाँको कारोबार भयो। मङ्गलबारको गिरावटसँगै कुल बजार पूँजीकरण ४५ खर्ब ७६ अर्ब रुपैयाँमा सीमित भएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×