मोरङमा लागुऔषधसहित चार जना पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार ०७:१६
मोरङमा लागुऔषधसहित चार जना पक्राउ 

विराटनगर । मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले ठुलो परिमाणमा गाँजा र ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट लेटाङ नगरपालिका–२ का १८ वर्षीय सुमित ठकुरी र २५ वर्षीय विकास भुजेललाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शंका लागी चेक गर्दा ठकुरीको साथबाट ब्राउन सुगर १० ग्राम ९४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानी राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धनपालथान गाउँपालिका–२ बाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी कर्सिया र गडेरियाको संयुक्त टोलीले ‘अपरेसन’ चलाएको थियो ।

बीआर ३८ एच ८७६३ नम्बरको मोटरसाइकलमा बसिरहेका धनपालथान–१ नोचाका २७ वर्षीय सुमनकुमार साह र सोही उमेरका अमर साहलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । उनीहरूलाई सोधपुछका क्रममा दिएको बयान आधारमा खोजतलास गर्दा धनपालथान–२ भवानीपुरस्थित रामचन्द्र चौधरीको पटुवा (जुट) बारीमा लुकाएर राखिएको ३ वटा प्लास्टिकको पोकामा ९६.१९८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाँजा, मोटरसाइकलसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
अपहरणमा परेका ३०८ जनाको एकै दिन सकुशल उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.