विराटनगर जुट मिल पुनः सञ्चालनका लागि विज्ञसहितको कार्यदल गठन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १७:२२

विराटनगर। सरकारले ऐतिहासिक विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुनी अवस्थाको अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विभिन्न मन्त्रालयका सचिवहरूको बैठकले उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा गठित कार्यदललाई मिलका भौतिक संरचना, मेसिनरी, सम्पत्ति तथा दायित्वको अवस्था अध्ययन गर्ने र यसअघि भएका प्रतिवेदनहरूको समीक्षा गर्ने जिम्मेवारी दिइएको छ।

Advertisement

कार्यदलले जुट मिल पुनः सञ्चालनका सम्भावित विकल्प र आवश्यक रणनीतिसहितको प्रतिवेदन एक महिनाभित्र उद्योग मन्त्रालयमा पेस गर्नेछ। प्रधानमन्त्री कार्यालयका सचिव वीरेन्द्रकुमार यादव, अर्थ सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसहित सम्बन्धित निकायका अधिकारीहरू सहभागी बैठकमा जुट मिलको विद्यमान समस्या, व्यवस्थापन र पुनः सञ्चालनका विकल्पबारे गहन छलफल भएको थियो।

गठित कार्यदलले जुट मिलसँग सम्बन्धित विगतका निर्णय तथा प्रतिवेदनहरूको अध्ययन गर्नेछ। साथै मिलको वित्तीय, प्राविधिक तथा कानुनी पक्षको विश्लेषण गर्दै हाल परिसरमा रहेका भवन, कारखाना, मेसिनरी र पाटपूर्जाको अवस्थाबारे गहन अध्ययन गर्नेछ। मर्मत गरेर चलाउन सकिने संरचना र आवश्यक पर्ने नयाँ उपकरणको लागत अनुमान पनि कार्यदलले नै तयार पार्नेछ।

यस्तै मिलको स्वामित्वमा रहेको जग्गा, सम्पत्ति तथा दायित्वको फरफारकका लागि कानुनी र व्यावहारिक सुझाव दिने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। कार्यदलले लाभ-लागत विश्लेषणसहित उपयुक्त विकल्प पहिचान गरी जुट मिल सञ्चालनका लागि आवश्यक नीतिगत, संरचनागत र कानुनी सुधारका तत्कालीन एवम् दीर्घकालीन कार्यान्वयन योजना सिफारिस गर्नेछ।

तपाइको प्रतिक्रिया
मन्त्री बन्ने दौडमा म छैन: इन्द्रबहादुर आङ्बो
इलामका युवकको मलेसियामा मृत्यु, शव ल्याउने तयारी
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
जग्गाको कारोबारमा सहजीकरण गर्न माग
महँगी, ग्यास अभाव र मल संकटबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
कोशीमा नयाँ सरकारबारे छलफलः नीति र कार्यक्रममा सहमति, मन्त्रालय भागबण्डा अझै पेचिलो
अभिषेक गिरी र जाहेरवालाबीच सहमति : ८४ लाखको हिसाब, २० लाखमै मिलापत्र
विराटनगर बास्केटबल कपको तयारी पूरा
विराटनगर बास्केटबल कपको तयारी पूरा
एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय टोली घोषणा
उपभोक्ता ठगी गर्ने कोशी ग्याससहित दुई फर्मलाई कारबाही
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.