कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १३:२८

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला शुक्रबार काठमाडौंको मिराकल पार्टी प्यालेसमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भेला सुरु भएको हो। भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका शेरबहादुर देउवा तथा डा. शशांक कोइराला समूहका नेता-कार्यकर्ताहरूको उपस्थिति छ।

भेलालाई हिजो बिहीबार मात्रै काठमाडौं आइपुगेका निवर्तमान सभापति देउवाले सम्बोधन गर्नेछन्। जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि सिङ्गापुर गएका थिए। उनी पाँच महिनाको उपचारपछि हिजो नेपाल फर्किएका हुन्।

Advertisement

हिजो नेपाल फर्कने क्रममा उनलाई स्वागत गर्न उनकै समूहका नेता-कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। विमानस्थलबाट बाजागाजासहित चुनदेवीमा रहेको यो समूहको सम्पर्क कार्यालय पुर्‍याइएका देउवाले त्यहाँ संक्षिप्त सम्बोधनसमेत गरेका थिए। आजबाट सुरु भएको राष्ट्रिय भेलाको बन्दसत्र भने साउन ३० र ३१ गते हुने जनाइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.