१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रसिलाले जोगाए उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १, सोमबार ०८:०९
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रसिलाले जोगाए उपाधि

काठमाडौं । एपीएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले ‘लिनिङ १४ औँ पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता’ को शीर्ष ८ वरीयता तर्फको उपाधि रक्षा गरेका छन् ।

प्रतियोगिता अन्तर्गत पुरुषतर्फको फाइनल खेलमा एपीएफकै दुई खेलाडीबीच भिडन्त भएको थियो । जसमा प्रिन्स दाहालले क्षितिज खनाललाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बने । प्रिन्सले क्षितिजलाई २१–१५ र २१–७ को अन्तरले हराउँदै लिग चरणमा व्यहोरेको हारको बदला समेत लिए ।

Advertisement

उपाधि जितेका प्रिन्सले नगद ४८ हजार ५ सय रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । त्यस्तै, उपविजेता बनेका क्षितिजले नगद ३० हजार रुपैयाँ, मेडल र ट्रफीमा चित्त बुझाए ।

प्रतियोगितामा पिस फिटनेस क्लबका विष्णु कटुवाल र आर्मीका प्रफुल महर्जन संयुक्त रूपमा तेस्रो स्थान हासिल गर्न सफल भए । तेस्रो भएका विष्णुले नगद १२ हजार ५ सय र प्रफुलले नगद १४ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

महिलातर्फ आर्मीकी रसिला महर्जनले पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै शीर्ष बरियताको उपाधि सुरक्षित गरेकी हुन् । पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता नेपाली ब्याडमिन्टनको प्रतिष्ठित क्यालेन्डर इभेन्ट मानिन्छ, जहाँ शीर्ष वरीयताका खेलाडीहरूबीच कडा प्रतिस्पर्धा हुने गर्दछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.