उपसभामुखले दिइन श्रेष्ठविरुद्ध उजुरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार ०६:४४
उपसभामुखले दिइन श्रेष्ठविरुद्ध उजुरी

काठमाडौं । उपसभामुख रुबी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी छिन् । जनआस्थामा प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा गम्भीर असर पुर्‍याएको दाबी गर्दै उनले कानुनी कारबाहीको माग गरेकी हुन् ।

आफ्नो उजुरीमा उपसभामुख ठाकुरले संवैधानिक पदमा आसिन व्यक्तिमाथि गरिएको यस्तो व्यवहारले प्रतिनिधिसभाकै गरिमा र मुलुकको प्रतिष्ठामाथि आक्रमण भएको उल्लेख गरेकी छिन् । प्रहरीले हाल प्राप्त जाहेरीमाथि अध्ययन भइरहेको जनाएको छ ।

Advertisement

यसअघि वैयक्तिक गोपनीयतासम्बन्धी अर्कै कसुरमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार मात्र रिहा गर्न आदेश दिएको थियो । रिहा भएको केही समयमै उनीविरुद्ध अर्को उजुरी परेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.