संसदमा असमझदारीः मन्त्री र सांसदहरूसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ ३, बुधबार ०९:३५

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदहरूबीच नै असमझदारी देखिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीहरूसहित अन्तर्क्रिया गर्ने भएको छ।

आज (बुधबार) बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई निर्देशन दिनेछन्। बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुने एक नेताले बताए।

एक नेताका अनुसार संसदीय अनुशासनको विषयमा प्रश्न उठेका सांसदहरूलाई सचेत गराइने छ। सांसदहरूले संसद्मा बोल्ने भाषा र सार्वजनिक गतिविधि मर्यादित हुनुपर्नेमा त्यसमा ख्याल नगर्ने प्रवृत्ति बढेकाले रास्वपाभित्र असमझदारी बढेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन्। तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराए। सभामुख अर्यालले बोल्न समय नदिएपछि सांसद तामाङ संसद् बैठक छाडेर बाहिरिएकी थिइन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.