मन्त्री हेरफेरको तयारी छैनः लामिछाने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार १०:१५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै मन्त्रालय वा मन्त्रीले गरेका काममध्ये केहीमा प्रश्न उठ्नु स्वाभाविक भएको बताए। प्रश्न उठेकै आधारमा त्यसलाई असहज रूपमा लिन नहुने उनको भनाइ थियो।

Advertisement

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे।

फरक प्रसङ्गमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकार लागिरहेको लामिछानेले बताए। त्यसका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालय तथा डिलरलाई सक्रिय बनाएर आपूर्ति र वितरणको अवस्था अनुगमन गर्ने तथा समस्या समाधानको प्रयास भइरहेको जानकारी दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×