रुसको क्षेप्यास्त्र आक्रमण, १२ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २२:११

एजेन्सी। युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रुसले गरेको लामो दूरीको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। आक्रमणमा परि ३३ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बिहीबार बताएका छन्।

पछिल्ला महिनाहरूमा रुस र युक्रेन दुवैले हवाई आक्रमण तीव्र बनाएपछि जारी युद्धमा सर्वसाधारणमाथिको जोखिम थप बढेको छ। किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार रातभर भएको उक्त आक्रमणबाट आवासीय क्षेत्र, गोदाम, स्वास्थ्य संस्था तथा शैक्षिक प्रतिष्ठानहरूमा क्षति पुगेको छ। यस्तै किएभ क्षेत्रको ब्रोभरी जिल्लामा एउटा औद्योगिक प्रतिष्ठानमा क्षति पुग्नुका साथै थप एक जनाको मृत्यु र अर्का एक घाइते भएको क्षेत्रीय गभर्नर तिमुर टाकाचेन्कोले बताएका छन्।

Advertisement

रुसी आक्रमणपछि छिमेकी मुलुक पोल्यान्डले युक्रेनसँगको सीमाक्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय पार्दै लडाकु विमान परिचालन गरेको छ। रोमानियाले पनि युक्रेनी सीमा नजिकै हवाई लक्ष्य पत्ता लागेपछि स्पेनका दुई लडाकु विमान र आफ्नै हेलिकप्टर परिचालन गरेको जनाएको छ। एउटा ड्रोन रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरी तुल्चाको निर्जन क्षेत्रमा खसेको थियो।

यसैबिच, रुसले युक्रेनतर्फबाट मस्कोतर्फ पठाइएका करिब २५० ड्रोन नियन्त्रणमा लिइएको जनाएको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार तीमध्ये २८ वटा ड्रोन मस्को क्षेत्रमै नष्ट गरिएको थियो। मस्कोलाई युद्ध अन्त्यका लागि वार्तामा ल्याउने दबाबस्वरूप युक्रेनले पनि पछिल्ला महिनाहरूमा रुसमाथि प्रतिशोधात्मक आक्रमण तीव्र पार्दै लगेको छ।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बिमाको बजेट १५ अर्ब पुर्‍याइएको छ: अर्थमन्त्री
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन
दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते
एमालेलाई सघाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा निष्कासित
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर
शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु
बालिका मृत्यु प्रकरणः सिमराका डीएसपीको जिम्मेवारी खोसियो
इरानका साझेदारले आर्थिक क्षति व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×