
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्य र प्रदेश सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले थापालाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
पार्टीको स्पष्ट निर्देशनविपरीत एमाले र नेकपा गठबन्धनका मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारलाई समर्थन गरेको र स्पष्टीकरणको जवाफ नदिएकाले उनीमाथि यो कारबाही गरिएको हो। राप्रपाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे पनि थापाले त्यसलाई अस्वीकार गर्दै आएका थिए।
अध्यक्ष लिङ्देनका अनुसार संसदीय दलका नेतालाई कारबाही गरिसकिएको र पार्टी निर्णयविपरीत सरकारमा सहभागी हुने अन्य सांसदहरूलाई पनि क्रमशः कारबाहीको दायरामा ल्याइनेछ।

























