वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २२:३२

काठमाडौं। संसदको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र परिणाममुखी खर्चको सिद्धान्तअनुसार परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकले वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता तथा लेखापरीक्षणको दायरामा ल्याउन आवश्यक नीतिगत र संस्थागत सुधार गर्न निर्देशन दिएको हो।

समितिले नगद, वस्तुगत वा प्राविधिक जुनसुकै प्रकृतिको वैदेशिक सहायता सम्भव भएसम्म राष्ट्रिय बजेट प्रणाली तथा सरकारी कोषमार्फत परिचालन गर्न भनेको छ। वैदेशिक सहायता प्राप्त हुने सुनिश्चितता भएपछि मात्र त्यसलाई वार्षिक बजेटमा समावेश तथा विनियोजन गर्न र खर्च भएको रकमको शोधभर्ना समयमै प्राप्त हुने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति भरतकुमार खड्काले जानकारी दिए ।

Advertisement

वैदेशिक सहायताको प्रतिबद्धता, वास्तविक प्राप्ति, खर्च, उपयोग र शोधभर्नाको एकीकृत अभिलेख राख्न तथा सहायताबाट सञ्चालित आयोजना निर्धारित समय र लागतभित्र सम्पन्न हुने गरी अनुगमन र कार्यान्वयन क्षमता बढाउन पनि समितिले निर्देशन दिएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्वव्यापी आर्थिक परिदृश्य र वैदेशिक सहायता प्रभावकारिताबारे सरकार गम्भीर रहेको बताए ।

दातृ राष्ट्रहरूले आफ्ना करदाताको रकम दुरुपयोग हुन नदिन सहायता परिचालनमा कडा सर्त राख्ने वा आफ्नै संयन्त्रमाफर्त खर्च गर्ने प्रवृत्ति बढेको उनले बताए । परम्परागत सहायता स्रोत पर्याप्त र प्रभावकारी नहुँदै गएको भन्दै मन्त्री वाग्लेले नेपाल वैकल्पिक वित्तीय स्रोतको खोजीमा अघि बढिरहेको जानकारी दिए । बजेटमै वैकल्पिक स्रोतको प्रयोगलाई प्राथमिकता दिइएको र नयाँ विश्व व्यवस्थासँग तालमेल मिलाउँदै वित्तीय रणनीति अघि बढाइएको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बिमाको बजेट १५ अर्ब पुर्‍याइएको छ: अर्थमन्त्री
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन
दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते
एमालेलाई सघाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा निष्कासित
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर
शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु
बालिका मृत्यु प्रकरणः सिमराका डीएसपीको जिम्मेवारी खोसियो
इरानका साझेदारले आर्थिक क्षति व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×