यो मेरो अन्तिम जन्म हो

मुलुकी खबर
विमल नेपाल
clock२०८३ भाद्र ६, शनिबार १०:४१

जन्मँदै मर्दै, जन्मँदै मर्दै

यो धरतीबाट मैले
हरेक युगका
धेरै सूर्योदयहरू देखेँ,
र चन्द्रको शीतलता तापें।

Advertisement

नदीको चाल
र समुद्रको छाल सुनेँ,
पहाडबाट खसेको
छहराको लहरा
र हिमालको टाकुरा टेकेँ।

चराको मीठो चिरबिर
र उत्सवको दुन्दुभी सुनेँ,
शीतको थोपा हाँसेको बेला
फूलहरूको सुगन्धबीच
प्रेमीहरू नाचेको हेरेँ!

जन्मँदै मर्दै, जन्मँदै मर्दै
युगौँ-युग यो धरतीमा,
उज्यालो र अन्धकार,
जन्म र मृत्यु-
सबैसँग साक्षात्कार गरेँ!

यो मेरो अन्तिम जन्म हो,
पुनर्जन्म हुनेछैन!

जब तिम्रो मिलनमा
प्रेमले पूर्णता
र चाहनाहरू शून्यतामा विलीन भए…

यो धरती, यो आकाश
सबै-सबै बिलाएर गए,
छ त केवल अनन्त शून्यता!

तपाइको प्रतिक्रिया
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×