कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार २०:२९
कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 

विराटनगर । विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विराटनगरस्थित अरनिको कलेजमा आयोजना गरिएको वृहत् खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेज परिसरमा आयोजित उक्त प्रतिस्पर्धामा ४२ जना प्रतिस्पर्धीलाई पछि पार्दै कक्षा ९ की छात्रा आरोही ढकाल प्रथम हुन सफल भइन् ।

कलेजका निर्देशक भरतराज दाहालको संयोजकत्वमा सम्पन्न भएको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा अंशिका गिरी र सेन्डृना कार्की द्वितीय भए भने प्रसिद्ध पोखरेल र कनक कायस्थ तृतीय स्थान हासिल गरे । यस्तै, अन्वेशा घले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

Advertisement

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ साहित्यकार भरत गुरागाईं  ‘बर्बरिक’, साहित्यकार मीनकुमार नवोदित र साहित्यकार अम्बिका खरेल रहेका थिए । निर्णायक टोलीले ४२ जना प्रतिस्पर्धीहरूमध्येबाट उत्कृष्ट रचना र प्रस्तुतिलाई छनोट गरेको हो ।

विजयी विद्यार्थीहरूलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरूले ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए । कक्षा १२ की छात्रा प्रस्तुति पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यस्ता कार्यक्रमले विद्यार्थीहरूको लुकेको साहित्यिक प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कलेज प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
बालिका हत्याको विरोधमा मोरङ कारागारका कैदीबन्दीद्वारा दीप प्रज्वलन 
बालिका हत्याको विरोधमा मोरङ कारागारका कैदीबन्दीद्वारा दीप प्रज्वलन 
नेतृत्व परिवर्तन सामाजिक सञ्जालले होइन, महाधिवेशनले तय गर्छः शंकर पोखरेल
नेतृत्व परिवर्तन सामाजिक सञ्जालले होइन, महाधिवेशनले तय गर्छः शंकर पोखरेल
टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित
टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित
कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 
कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 
सरकार र ‘नागरिक बचाउ महाअभियान’ बीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम अन्त्य
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
अवैध काठसहित दुई जना पक्राउ 
झापाबाट लागुऔषधसहित तीन जना पक्राउ
कोशीमा डिजिटल प्रणाली सुरु : कर्मचारी सरुवामा अब कागज र पहुँचको झन्झट घटाउने तयारी
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी
जाँते स्वास्थ्य चौकी बन्द गरिएको दाबीमा लेटाङ नगरपालिकाको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×