नेतृत्व परिवर्तन सामाजिक सञ्जालले होइन, महाधिवेशनले तय गर्छः शंकर पोखरेल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार २१:५३
नेतृत्व परिवर्तन सामाजिक सञ्जालले होइन, महाधिवेशनले तय गर्छः शंकर पोखरेल

विराटनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्व परिवर्तन संस्थागत प्रक्रिया र महाधिवेशनबाट मात्र सम्भव रहेको बताएका छन् ।

विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले सामाजिक सञ्जालको चर्चाका भरमा नेतृत्व परिवर्तन नहुने स्पष्ट पारे । ‘हामी संस्थागत प्रक्रियाभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्ने पक्षमा छैनौँ,’ पोखरेलले भने, ‘एमालेको महाधिवेशन कहिले हुने र नेतृत्व कसले लिने भन्ने विषय सामाजिक सञ्जालले होइन, पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने कुरा हो ।’

Advertisement

महासचिव पोखरेलले पार्टीमा सुदृढीकरण, सुधार र कार्यकर्ताको मनोबल उकास्ने रणनीति  आवश्यक रहेको बताए । शक्ति राष्ट्रहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध राख्न सरकारले काम गर्न नसकेको बताउँदै, उनले भने, ‘अहिलेका प्रधानमन्त्री अन्य राजनीतिक दलहरूसँग छलफल, भेटघाट र संवाद गर्ने पक्षमा नरहेकाले पनि गम्भीर आशंका पैदा भएको छ । पार्टी नेता नै संसदीय दलको बैठकमा सहभागी नहुनुले मुलुक र लोकतन्त्रको भविष्यप्रति नै आशंका पैदा भएको छ ।’

प्रधानमन्त्रीको व्यवहारका कारण लोकतन्त्र र राष्ट्र नै संकटमा परेको दाबी गर्दै उनले सरकार जनअपेक्षा अनुसार चल्न नसकेको आरोप लगाए । ‘वर्तमान सरकार जनादेशबाट आएको भए पनि जनताको भरोसा बन्न सकेको छैन,’ उनले भने, ‘प्रधानमन्त्री स्वयं लोकतन्त्रप्रति प्रतिबद्ध देखिनुहुन्न ।’

महासचिव पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति आलोचना गर्दै मुलुकमा बढ्दै गएका हत्या र गोली प्रहारका घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । विगतमा भएका साना घटनामा पनि सरकारलाई दोषी देखाउने भाष्य निर्माण गरिएको स्मरण गराउँदै उनले अहिले भइरहेका असुरक्षाका घटनामा सरकार किन जिम्मेवार नहुने भन्दै प्रश्न गरे ।

मुलुकको आर्थिक अवस्थाका बारेमा चर्चा गर्दै पोखरेलले नयाँ सरकार गठनपछि व्यवसायीहरू सन्त्रासमा रहेको र लगानीको वातावरण खलबलिएको बताए । बैंकको ब्याजदर घटे पनि लगानी बढ्न नसकेका कारण मुलुक गम्भीर वित्तीय संकटतर्फ उन्मुख भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
बालिका हत्याको विरोधमा मोरङ कारागारका कैदीबन्दीद्वारा दीप प्रज्वलन 
बालिका हत्याको विरोधमा मोरङ कारागारका कैदीबन्दीद्वारा दीप प्रज्वलन 
नेतृत्व परिवर्तन सामाजिक सञ्जालले होइन, महाधिवेशनले तय गर्छः शंकर पोखरेल
नेतृत्व परिवर्तन सामाजिक सञ्जालले होइन, महाधिवेशनले तय गर्छः शंकर पोखरेल
टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित
टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित
कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 
कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 
सरकार र ‘नागरिक बचाउ महाअभियान’ बीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम अन्त्य
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
अवैध काठसहित दुई जना पक्राउ 
झापाबाट लागुऔषधसहित तीन जना पक्राउ
कोशीमा डिजिटल प्रणाली सुरु : कर्मचारी सरुवामा अब कागज र पहुँचको झन्झट घटाउने तयारी
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी
जाँते स्वास्थ्य चौकी बन्द गरिएको दाबीमा लेटाङ नगरपालिकाको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×